नेष्डोको सञ्चालक समितिमा हमाल निर्वाचित – Nepal Press

नेष्डोको सञ्चालक समितिमा हमाल निर्वाचित

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने २ जना सञ्चालकमध्ये पर्वतका विप्लवजंग हमाल निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको प्रवन्धपत्रबमोजिम ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । उक्त ७ सदस्यीय सञ्चालक समितिमा ४ जना संस्थापक समूहबाट, एक जना स्वतन्त्र सञ्चालक र २ जना सर्वसाधारण समूहबाट समितिमा प्रतिनिधित्व रहने व्यवस्था छ ।

निर्वाचित सञ्चालकहरुले आफूमध्येबाट सहमतिमा एक जनालाई अध्यक्ष छनोट गर्ने व्यवस्था छ । २ जना सञ्चालकको लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवारी दिने तनहुँको भिमाद नगरपालिका–२ का तीर्थराज सुवेदी र काठमाडौंकी मनिषा प्रधानले आफ्नो उम्मेदवारी फिर्ता लिएको लिखित घोषणा गरेपछि हमाल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत विश्वराज पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर