‘गोल्ड डिगर’ को आरोपमा सुस्मिताको खण्डन- म सुनभन्दा हीरा छान्न रुचाउँछु – Nepal Press

‘गोल्ड डिगर’ को आरोपमा सुस्मिताको खण्डन- म सुनभन्दा हीरा छान्न रुचाउँछु

नयाँ दिल्ली । अभिनेत्री सुस्मिता सेन र आईपीएलका पूर्वअध्यक्ष ललित मोदी आफ्नो सम्बन्धलाई लिएर अहिले चर्चामा छन् । मोदी आफैंले जुलाई १४ मा सोसल मिडियामार्फत आफूहरुको सम्बन्धबारे जानकारी सार्वजनिक गरे । त्यसयता सामाजिक सञ्जालमा दुवैलाई लिएर ट्रोल भइरहेको छ ।

यससँगै मानिसहरूले सुस्मितालाई ‘गोल्ड डिगर’ पनि भनेका छन् भने कतिपयले सुस्मितालाई पैसाका लागि मोदीसँग डेट गरिरहेको आरोप छन् । यी सबै आरोपका बीच सुस्मिताले पोस्ट शेयर गरेर ट्रोल गर्नेहरुलाई जवाफ दिएकी छन् ।

सुस्मिताले लेखेकी छन्, ‘केही दिनयता मलाई ‘गोल्ड डिगर’ र धनको लोभी भनिँदै आएको छ । सामाजिक सञ्जालमा पनि मलाई धेरै ट्रोल गरिएको छ । तर, मलाई यी ट्रोलरहरूको वास्ता छैन । सुन होइन हीरालाई जाँच्ने जौहरीको सीप मसँग छ । म सुनभन्दा हीरा छान्न रुचाउँछु र म अझै पनि आफ्नो लागि किन्नसक्छु । केही बुद्धिजीवीहरूले मलाई गोल्ड डिगर भन्छन् । यसले उनीहरूको सानो सोचलाई झल्काउँछ । यी व्यक्तिहरूबाहेक मलाई मेरा फ्यान र परिवारको पूर्ण समर्थन छ । म सूर्य जस्तै हुँ, जो आफ्नो अस्तित्व र विवेकको लागि सधैंभरि चम्कन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर