रुकुम लैजान लागिएको ६४ बोरा रासायनिक मल बरामद – Nepal Press

रुकुम लैजान लागिएको ६४ बोरा रासायनिक मल बरामद

सुर्खेत । भेरिगंगा नगरपालिका, छिन्चु बजारबाट रुकुमतर्फ लैजान लागिएको ६४ बोरा रासायनिक मल प्रहरीले बरामद गरेको छ ।

इप्रका छिन्चुका इन्सपेक्टर रमेश राईका अनुसार छिन्चु बजारको मदानेचौर नजिक भेटिएको ट्रकलाई छिन्चु प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।

स्थानीय निर्मला एग्रोभेटका सञ्चालक दयाराम अर्यालको गाडीमा रासायनिक मल भेटिएको हो ।

‘गाडीमा ६४ बोरा मल भेटिएको हो । हामीले उहाँहरूसँग बिल मागेका थियौं । २४ बोराको बिल देखाउन उहाँले सक्नुभएन ’, इन्सपेक्टर राईले भने, ‘आज कार्यालय समयमा थप कारबाही गरेर राजश्व कार्यालय नेपालगञ्जमा २४ बोरा पठाइदिन्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर