गहनापोखरीबाट हराएको गहना भेटियो, तीन जना पक्राउ – Nepal Press

गहनापोखरीबाट हराएको गहना भेटियो, तीन जना पक्राउ

काठमाडौं । गहनापोखरीमा भक्तजनले चढाएको गहना चोरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अनुसन्धान प्रहरी कार्यालय र महानगरीय प्रहरी वृत्त कमलपोखरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम खुलाइएको छैन । स्रोतका अनुसार अझै एक जना फरार छन् ।

असार २२ गते गहनापोखरीमा रहेको सरस्वती मातालाई भक्तजनले चढाएको करिब १० तोला सुनका गरगहना, चाँदीका कलश र थालीलगायत सामग्री चोरी भएको थियो । चोरी भएकोमध्ये केही सामान अझै बरामद हुन नसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

One thought on “गहनापोखरीबाट हराएको गहना भेटियो, तीन जना पक्राउ

  1. गहना चढाइएको मिति असार २२ हो? कि चोरिएको मिति असार २२ हो? अलि भाषातग त्रुटि देखियो ।
    लेखिएको वाक्य अनुसार गहना असार २२ गते चढाएको बुझिन्छ । तर भाव अनुसार सो दिन चोरिएको जस्तो लाग्यो ।
    सायद थोरै शुद्ध लेखन यसरी हुन्थ्यो कीः
    “गहनापोखरीमा रहेको सरस्वती मातालाई भक्तजनले चढाएको करिब १० तोला सुनका गरगहना, चाँदीका कलश र थालीलगायत सामग्री असार २२ गते चोरी भएको थियो । ”
    (भाषागत विज्ञ त हैन, आफूलाइ लागेको कुरामात्र लेखेको ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर