दिल्लीबाट फर्किँदै प्रचण्डले भने–सोचेभन्दा राम्रो भयो, प्रधानमन्त्री भएर गएको भन्दा फरक लागेन (भिडिओ) – Nepal Press

दिल्लीबाट फर्किँदै प्रचण्डले भने–सोचेभन्दा राम्रो भयो, प्रधानमन्त्री भएर गएको भन्दा फरक लागेन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सोचे भन्दा पनि राम्रो भएको बताएका छन् । तीन दिन लामो भारत भ्रमणबाट आइतवार साँझ स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू प्रधानमन्त्री भएजस्तै स्वागत सत्कार पाएको बताए ।

प्रचण्डले भने–यो भ्रमणलाई भारतमा निकै ठूलो उत्साह र महत्वका साथ हेरिएको रहेछ । यहाँ के चर्चा भयो थाहा छैन तर मैले चाहिँ सोचेको भन्दा राम्रो भयो भन्ने लागेको छ । विमानस्थलमा स्वागतदेखि होटलसम्म पुग्दा जुन स्वागत सत्कार र सुरक्षाको प्रवन्ध गरियो त्यो चाहिँ म प्रधानमन्त्री भएर गएको बेलाको भन्दा फरक लागेन ।

प्रचण्डले भारतमा आफूलाई निकै सत्कार भएको र नेतृत्वसँगको छलफलमा पनि नेपालको हितमा उल्लेख्य कुरा भएको बताए । उनले दूतावासले आयोजना गरेको भेटमा प्रधानमन्त्री पत्नी आरजु देउवासँग भएको भेटलाई अनावश्यक रुपमा कुरुप बनाएर चर्चा गरिएको भन्दै दुःख व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर