नेपालको पुन खराब ब्याटिङ : स्कटल्यान्डले गर्‍यो १२८ रनमा अलआउट   – Nepal Press

नेपालको पुन खराब ब्याटिङ : स्कटल्यान्डले गर्‍यो १२८ रनमा अलआउट  

काठमाडौं- विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई एक सय २९ रनको लक्ष्य दिएको छ।

टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको नेपाल ३५ ओभर ५ बलमा एक सय २८ रनमा समेटिएको हो। नेपालका आसिफ शेख ४० रन जोडेर आउट भए। विनोद भण्डारीले १३ तथा देव खनाल र रोहित पौडेलले १०/१० रन बनाए। कुशल भुर्तेलले ३ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए। सोमपाल कामी र करन केसीले ७/७ रन जोडे। सन्दीप लामिछानेले २२ रन बनाए।  आरिफ शेखले खाता खोल्न सकेनन्।

५ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेको थियो। नेपालले तेस्रो विकेटका लागि २७ रनको साझेदारी गरेको थियो। स्कटल्यान्डका हम्जा ताहिर एक्लैले चार विकेट हात पारे। मार्क वाटले तीन र गाभिन मैनले दुई विकेट लिए।

यसअघि शनिबार राती नामिबियासँग २ सय रनको लक्ष्य पछ्याएको नेपाल एक सय ३६ रनमा अलआउट भएको थियो। यही शृंखलामा नामिबियासँग भएको पहिलो खेलमा २ सय २१ रनको लक्ष्य पछ्याउँदा एक सय ८० रनमा समेटिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर