महिला युरो २०२२ः स्पेन क्वार्टरफाइनलमा, फिनल्यान्ड र डेनमार्क बाहिरिए – Nepal Press

महिला युरो २०२२ः स्पेन क्वार्टरफाइनलमा, फिनल्यान्ड र डेनमार्क बाहिरिए

काठमाडौं । डेनमार्कलाई १–० गोलको नतिजामा पराजित गर्दै स्पेन महिला युरो–२०२२ मा क्वार्टरफाइनल प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा मार्टा कार्डोनाले निर्धारित समयको अन्तिम मिनेटमा गरेको निर्णायक गोेलसँगै स्पेन समूह‘बी’को उपाविजेताको हैसियतले क्वार्टरफाइनल पुगेको हो ।

यस्तै, समूह‘बी’ को अर्को खेलमा फिनल्यान्डविरुद्ध ३–० गोलको नतिजामा जित निकाल्दे जर्मनीले अपराजित यात्रालाई कायमै राखेको छ ।
जर्मनीको जितमा सोफिया क्लाइनहर्न, एलेकजेन्डर पोप र निकोएल एन्योमीले गोल गरे ।

समूह चरणमा जर्मनीले लगातार तीन खेल जित्दै शिर्ष स्थानमा रहेर क्वार्टरफाइनल पुगेको हो ।यससँगै, एक जित निकालेको डेनमार्क र वितबिहिन फिनल्यान्ड प्रतियोगिताबाट बाहिरिएका छन् ।

यसअघि समूह‘ए’ बाट सत प्रतिशत जितसहित शिर्ष स्थानमा रहेर इङल्यान्ड र दोस्रो स्थानको अस्ट्रियाले नकआउट चरणमा स्थान बनाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर