उपेन्द्र यादवको टिप्पणी- ओली प्रधानमन्त्रीबाट पूर्व बन्नुमा भूराजनीतिक प्रभाव (भिडिओ) – Nepal Press

उपेन्द्र यादवको टिप्पणी- ओली प्रधानमन्त्रीबाट पूर्व बन्नुमा भूराजनीतिक प्रभाव (भिडिओ)

काठमाडौं । सत्ता गठबन्धनका एक शीर्ष नेता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीलाई सत्ताबाट हटाउन विदेशी शक्तिको पनि साथ रहेको खुलासा गरेका छन् ।

नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले भूराजनीतिले ओलीलाई पूर्वप्रधानमन्त्री बनाइदिएको टिप्पणी गरे ।

यादवले भने, ‘हाम्रोमा भूराजनीतिको प्रभाव छ र राजनीतिक अस्थिरताको कारण पनि त्यही हो । पूर्वप्रधानमन्त्री केपी ओलीजी यहाँ हुनुहुन्छ । म पनि उहाँको क्याबिनेटमा उपप्रधानमन्त्री थिएँ । म पूर्व भएको केही समयपछि उहाँ पनि पूर्व हुनुभएछ । यसमा भूराजनीतिक प्रभाव पनि छ ।’

अध्यक्ष यादवले देशलाई भूराजनीतिक प्रभावबाट मुक्त गर्न राजनीतिक दलहरु बलियो बन्नुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर