७५३ वटै स्थानीय तहमा ग्राम उद्योग स्थापना गरिन्छ: उद्योगमन्त्री बडू – Nepal Press

७५३ वटै स्थानीय तहमा ग्राम उद्योग स्थापना गरिन्छ: उद्योगमन्त्री बडू

काठमाडौं । देशका ७५३ वटै स्थानीय तहमा ग्राम उद्योग स्थापना गर्न सरकार अगाडि बढेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उनले सो कुराको जानकारी दिएका हुन् ।

उनले युवा लक्षित स्टार्टअप कार्यक्रम ल्याएको, स्थानीय तथा प्रदेशको सहभागिता रहने गरी खाद्य कम्पनी अगाडि बढेको र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग खोल्ने तयारी गरिएकोलगायतका काम भइरहेको बताए ।

रुस र युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएकाले नेपालमा मूल्यवृद्धिको समस्या रहेको उनको भनाइ थियो । त्यसका लागि सरकारले कर घटाएर भए पनि लोककल्याणकारी राज्यको प्रत्याभूति दिलाउन खोजेको मन्त्री बडूले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर