दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग (सूचीसहित) – Nepal Press

दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग (सूचीसहित)

वीरगञ्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का दुई केन्द्रीय सदस्यसहित ६९ जनाले सो पार्टी परित्याग गरेका छन । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कारवाही गरेको भोलिपल्ट सो पार्टीका केन्द्रीय सदस्यद्धय वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्यसहित ६९ जनाले पार्टी परित्याग गरेका हुन् ।

वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै पर्सा जिल्लावाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यदेखि वडा सदस्यले पार्टी परित्याग गर्दै अध्यक्ष यादवले पार्टीलाई स्वेच्छचारिता र एकलौटी ढंगले चलाएको आरोप पनि लगाएका छन ।

‘देश र समग्र जनताको परिवर्तनका साथै नेपाली आदिवासी, जनजाति, मधेसी, दलित, थारु, पिछडावर्ग, सिमांकृत वर्गको समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने महान उदेश्यका साथ पार्टीको जन्म भएको यथार्थलाई उल्टाएको उनीहरूले आरोप लगाएका छन् ।

पार्टी स्वेच्छचारिता र एकलौटी ढंगबाट सञ्चालन भएको, नीति, नियम र नेतृत्व प्रस्ट नभएको, पार्टीका संगठनात्मक संरचनामा नभई पार्टीमा व्यक्ति, ठेकेदार र भ्रष्टचारी हावी भएको र पार्टीमा देश जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरुको चंगुलमा डुब्दै गएको’ उल्लेख गर्दै उनीहरुले पार्टी परित्याग गरेको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर