नेपालको विकासमा भारत सदैव भरपर्दो साझेदारः भारतीय विदेशमन्त्री जयशंकर – Nepal Press

नेपालको विकासमा भारत सदैव भरपर्दो साझेदारः भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
भारत भ्रमणमा रहेका प्रचण्डसँग सनिवार आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’ प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा अहिले भारत भ्रमणमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर