छानबिनको माग गर्दै पत्रकारले नै दिए निवेदन – Nepal Press

छानबिनको माग गर्दै पत्रकारले नै दिए निवेदन

कैलाली । धनगढी उपमहानगरपालिकाले पत्रकारलाई समाचार संकलनमा अवरोध गरेको बिषयमा स्वयम पत्रकारले घटनाको छानबिनको माग गरेका छन् ।

अनलाइन खबरमा कार्यरत पत्रकार जनक बिष्टले आज पत्रकार महासंघ कैलालीलाई घटनाबारे छानबिनको माग गर्दै निवेदन पेस गरेका हुन् ।

असार २७ गते बसेको धनगढी नगर सभाको बैठकमा बिष्टलाई पाखुरा समातेर बाहिर निकालेको भन्दै पत्रकार महासंघ कैलाली सहित विभिन्न पेसागत संघ संस्थाहरूले विज्ञप्ति जारी गरेका थिए । तर, घटनाको ४ दिनपछि धनगढी उपमहानगर पालिकाले विज्ञप्ति जारी गर्दै उक्त विषयको खण्डन गरेको हो ।

हिजो नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उक्त दिन कुनै पनि पत्रकारलाई ननिकालिएको दावी गरेका छन् ।

यसैबिच पत्रकारले दिएको अभिव्यक्ति र नगरपालिकाको विज्ञप्ति बाझिएपछि बिष्टले छानबिनको माग गरेका हुन् । उनको निवेदन पाए लगत्तै महासंघले पनि यस विषयमा चासो देखाएको छ । घटनाको सत्य तथ्य छानबिन हुने पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर