कञ्चनपुरमा सामूहिक बलात्कार भएको एक सातापछि चार जना पक्राउ – Nepal Press

कञ्चनपुरमा सामूहिक बलात्कार भएको एक सातापछि चार जना पक्राउ

कैलाली । कञ्चनपुरमा किशोरी माथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ समेत गरेको जनाएको छ ।

कञ्चनपुर पुनर्वास- ९ की २० वर्षिया किशोरीमाथि असार २३ गते राति सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम चौधरीले जानकारी दिए ।

उनले घटनाका संलग्न रहेको आरोपमा चार जना पक्राउ गरिएको समेत बताए । पक्राउ परेकाहरूको परिचय भने प्रहरीले खुलाएको छैन।
पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

किशोरीलाई विवाह गर्ने प्रलोभनमा पारेर उखुबारीमा बोलाएको र त्यसपछि अन्य साथीहरू पनि आएर बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बताएकी छन् ।

प्रहरी प्रमुख चौधरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *