गुराँस गाउँपालिकाका कर्मचारीसँगको झडपमा प्रहरीले गोली चलायो – Nepal Press

गुराँस गाउँपालिकाका कर्मचारीसँगको झडपमा प्रहरीले गोली चलायो

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकामा करारमा रोजगारी गर्दै आइरहेका कर्मचारी र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार गुराँस गाउँपालिकाको स्वागत गेट आन्दोलनकारीले भत्काएका छन् भने कार्यालयमा ढुङ्गामुढासमेत गरेका छन् ।
६०० भन्दा बढि आन्दोलनकारीसँगको झडपमा प्रहरीले गोलीसमेत चलाएको छ । प्रहरीले सर्ट गनबाट गोली चलाएको हो भने सशस्त्र प्रहरीले दुई राउण्ड गोली चलाएको बताइएको छ ।
‘नेपाली कांग्रेसबाट अघिल्लो चुनावमा नियुक्त भएका कर्मचारीलाई नगरपालिकाले हटाउने आन्तरिक तयारी गरेको थियो । उक्त कदमका विरुद्ध कर्मचारी आन्दोलनमा उत्रिएका हुन्,’ जिल्ला प्रहरी कार्यालय स्रोत भन्छ, ‘पालिकाले दशैंसम्म कर्मचारी हटाउने भने पनि कांग्रेसका केही नेताहरुले विवाद उछाल्न खोजेका थिए ।’
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहका अनुसार हालसम्म पाँच जना प्रहरी र दुईजना शसस्त्र प्रहरी घाईते भएका छन् । स्थानीय पनि घाइते भएको तर पुरा विवरण भने नआइसकेको उनको भनाई छ ।
घाईतेको उपचार गर्न अहिले प्रदेश अस्पताल ल्याइएको छ । हालै भएको स्थानीय चुनावमा गुराँस गाउँपालिकामा एमाले विजयी बनेको छ । एमाले नेतृत्वको सरकारले पुराना कर्मचारीलाई हटाउने भन्दै केही दिनअघि सूचना जारी गरेको थियो ।
यस बारेमा प्रतिक्रिया लिन खोज्दा पालिका अध्यक्ष टोपबहादुर विसी र पालिका प्रवक्ता दिपेन्द्र ओलीसँग सम्पर्क हुन सकेन । जिल्ला प्रहरी कार्यालय दैलेखले अहिले गुराँस गाउँपालिकामा सुरक्षाकर्मीको उपस्थिति बढाएको छ ।
Seen by Chiranjibi Paudel at 8:14 PM

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर