नयाँ भन्सार एजेन्टलाई इजाजतपत्र दिन आनाकानी गरेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी – Nepal Press

नयाँ भन्सार एजेन्टलाई इजाजतपत्र दिन आनाकानी गरेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । भन्सार विभागले नयाँ भन्सार एजेन्टमा नाम निकालेकाहरुलाई इजाजतपत्र दिन आनाकानी गरेको भन्दै आन्दोलनको तयारी गरेको छ ।

गत असार १५ गते भन्सारले ६ सय ६० नयाँ भन्सार एजेन्टहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो ।नयाँ भन्सार एजेन्टहरुलाई हालसम्म इजाजतपत्र भने दिइएको छैन ।

नयाँ भन्सार एजेन्टमा नाम निकालेका भोलानाथ अर्यालका अनुसार पटक पटकको छलफलपछि पनि भन्सारले नयाँ एजेन्टहरुलाई इजाजत पत्र दिन आनाकानी गरेपछिबाध्य भएर आन्दोलनको कदम उठाउन पर्ने अवस्था सिर्जना भएको हो ।

‘हामीले धेरै पटक भन्सार विभागसँग इजाजत पत्र प्राप्त गराइदिनका निमित्त माग गर्दा पनि भन्सार विभागले कुनै चासो देखाएन तसर्थ हामी नव भन्सार एजेन्टहरुले अन्तिम विकल्पको रुपमा आन्दोलनकै बाटो अपनाउन वाध्य हुने देखेका छौ । ‘

अर्यालले आगामी ५ गते सम्म पनि भन्सार विभागले इजाजत पत्र उपलब्ध नगराएको अवस्थामा सम्पूर्ण नव भन्सार एजेन्टहरुले एक भेलाको आयोजना गरी आन्दोलनको औपचारिक घोषणा गर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर