उपसभामुखमा पुष्पा भुसाललाई प्रस्ताव गर्दै देव गुरुङले भने: सदनलाई सफल तुल्याउन उहाँलाई जिताऔं – Nepal Press

उपसभामुखमा पुष्पा भुसाललाई प्रस्ताव गर्दै देव गुरुङले भने: सदनलाई सफल तुल्याउन उहाँलाई जिताऔं

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाललाई निर्वाचित गर्न प्रस्ताव गरेका छन् । उनले संसद बैठकमा बोल्दै भुसाल उपसभामुख चलाउन सक्षम व्यक्ति भएको बताए ।

गुरुङले संसदलाई सफल तुल्याउन भुसालको अत्यन्त महत्वपूर्ण भूमिका रहने दाबी गरे । उनले भने, ‘उहाँले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुहुन्छ । अहिलेको परिस्थितिमा सबै हिसाबले उहाँ प्रतिपक्षकी उम्मेदवार विद्या भट्टराईभन्दा ठीक हुनुहुन्छ । उहाँलाई जिताउन आग्रह गर्दछु ।’

गुरुङले भुसालसँग कानूनको उच्च शिक्षा र एक दशक प्राध्यापनको अनुभवसमेत भएको जानकारी गराएका थिए ।


प्रतिक्रिया

One thought on “उपसभामुखमा पुष्पा भुसाललाई प्रस्ताव गर्दै देव गुरुङले भने: सदनलाई सफल तुल्याउन उहाँलाई जिताऔं

  1. दलालहरू एक भएका हुन भारतकाे ईशारामा । यी कम्युनिष्ट नामधारी लुटाहा र विदेशीका दलाल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर