भूराजनीतिक अवस्थाबारे छलफल गर्न शीर्ष नेता एकै मञ्चमा – Nepal Press

भूराजनीतिक अवस्थाबारे छलफल गर्न शीर्ष नेता एकै मञ्चमा

काठमाडौं । नेपाल एक चीन नीतिबाट विचलित भएको टिप्पणी भइरहेका बेला नेपाल चीन हिमालयन मैत्री समाजले भूराजनीतिक अवस्थाका बारेमा शीर्ष नेताहरुबीच छलफल गर्ने भएको छ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख वक्ता रहेको सो कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवले भूराजनीतिक अवस्था र नेपालले लिएको पछिल्लो नीतिका बारेमा धारणा राख्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कांग्रेस नेता चन्द्र भण्डारी पनि वक्ता छन् । कार्यक्रममा भूराजनीतिक अध्येता तथा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयका प्राध्यापक डा. दिनेश पौडेलले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

चिनियाँ प्रतिनिधिमण्डल स्वदेश फर्किएलगत्तै समाजले सभागृहमा बृहत कार्यक्रम गर्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर