मन्त्री मनाङे भन्छन्- जनतासँगै म पनि इरिटेड भइसकेँ, प्रदेश खारेज गरे हुन्छ (भिडिओ) – Nepal Press

मन्त्री मनाङे भन्छन्- जनतासँगै म पनि इरिटेड भइसकेँ, प्रदेश खारेज गरे हुन्छ (भिडिओ)

काठमाडौं । प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसभित्र प्रदेश संरचना खारेजीको आवाज संगठित भइरहेका बेला गण्डकी प्रदेशका एकजना मन्त्रीले समेत प्रदेश नचाहिएको बताएका छन् ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले मनाङ र मुस्ताङलगायतका जिल्लाका जनतालाई प्रदेश नचाहिएको बताए । प्रदेशसभाको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा आफू ‘इरिटेड’ भएको भन्दै जनताले प्रदेश खारेजीको माग गरेको बताए ।

उनले भने, ‘अहिले देशभरि जनताले प्रदेश खारेजीको माग गरेका छन् । यो मागमा हामी पनि सहमत छौं । हामी मनाङ, मुस्ताङतिरका मान्छेलाई चाहिएको छैन । हामीले के पाएका छौं र ? अरु जिल्लाकाले मान्दैनन् । तर, जनताको आवाज सामान्य हुँदैन है बुझिराख्नुस् ।’

प्रदेशमन्त्री मनाङेले श्रीलंकाको उदाहरणसमेत दिन भ्याए । उनले आफूलाई मन्त्री बन्न पनि मन लागेको र इरिटेड भएको भन्दै रोष्टममा उभिएर आफ्नोतर्फबाट भाषण गर्ने मान्छे भेटे १०/२० हजार पैसा दिने बताए ।

मनाङेले गठबन्धन सरकारबाट नेकपाकै (पृथ्वीसुब्बा गुरुङ) सरकार ठीक थियो भन्दै त्यो सरकार ढाल्न आफूले सहयोग गरेकोमा समेत पश्चाताप व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर