सुर्खेत उच्च अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट – Nepal Press

सुर्खेत उच्च अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

सुर्खेत । सुर्खेतमा बलात्कारका घटना बढेको पाइएको छ । चालू आर्थिक वर्षमा दर्ता भएका ७५६ थान मुद्दामध्ये १७२ थान मुद्दा बलात्कारसम्बन्धी छन् ।

त्यस्तै ज्यानसम्बन्धी १०८ थान र तेस्रोमा लागुऔषधसम्बन्धी ९१ थान मुद्दा दायर भएका छन् । देवानी मुद्दामा सबैभन्दा बढी अंश मुद्दामा १९ थान, सम्बन्धविच्छेद १७ र लेनदेन मुद्दा १३ थान परेका छन् ।

उच्च अदालत सुर्खेतद्वारा चालू आर्थिक वर्षको असार २९ गतेसम्म लक्ष्यभन्दा १७१ प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको न्यायाधीश माधवप्रसाद पोखरेलले जानकारी दिए । ५६१ थान मुद्दा फर्छ्यौट गर्ने वार्षिक लक्ष्य रहेकोमा ७ सय ६९ थान मुद्दा छिनिसकिएको छ ।

गत वर्षका फर्छ्यौट बाँकी २६५ थान र यस आर्थिक वर्षमा दर्ता भएका ७५६ थान गरी १०२१ थान मुद्दा बाँकी थियो ।

यस अदालतमा हाल २ वर्ष पुरानो कुनै मुद्दा बाँकी छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर