आईजीपी बढुवा विवाद : आज आउला त फैसला ? – Nepal Press

आईजीपी बढुवा विवाद : आज आउला त फैसला ?

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दाको पेसी पटकपटक हेर्दाहेर्दैमा राखेर सारिँदै आइएको छ ।

आज रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपश्चात सर्वोच्चले फैसलाको प्रक्रिया थाल्नेछ ।

विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाउ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरू भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर