महिला यूरोको क्वार्टरफाइनलमा पुग्यो फ्रान्स – Nepal Press

महिला यूरोको क्वार्टरफाइनलमा पुग्यो फ्रान्स

काठमाडौं । बेल्जियमलाई २-१ गोलको नतिजामा पराजित गर्दै फ्रान्स महिला यूरो २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ । फ्रान्सले जितसँगै समूह ‘डी’ को विजेताको रूपमा महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

न्यूयोर्क स्टेडियममा गएराति सम्पन्न खेलमा १० खेलाडीमा सीमित बेल्जियमविरूद्ध जित निकाल्न फ्रान्सका लागि खेलको छैटौं मिनेटमा काडिडियाटोउ डियानीले पहिलो गोल गरेकी थिइन् ।

बेल्जियमकी जानिका सियमानले ३६औं मिनेटमा बराबरी गोल फर्काइन् । त्यसको पाँच मिनेट नबित्दै ग्रियाज एमबुक बाथेले गरेको गोल फ्रान्सको जितका लागि पर्याप्त बन्यो ।

समूहको पहिलो खेलमा फ्रान्सले इटालीलाई ५-१ ले हराएको थियो । लगातार दोस्रो जितपछि फ्रान्स ६ अंकसहित समूह ‘डी ’को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘डी’ का अन्य तीन टोली आइसल्यान्ड, बेल्जियम र इटाली भने दोस्रो खेल सम्म पनि जितविहीन छन् ।

दुई खेलमा बराबरी खेलेको आइसल्यान्ड दुई अंकसहित दोस्रो स्थान छ । समान दुई खेलमा समान एक अंकसहित बेल्जियम र इटाली क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

समूह ‘डी ’को उपविजेताको रूपमा अघिल्लो चरण प्रवेश गर्ने सम्भावना भने तीनवटै टोलीका लागि जीवित छ । समूहको अन्तिम खेलमा बेल्जियम र इटाली आमने सामने हुँदा फ्रान्सले आइसल्यान्डसँग खेल्नेछ ।

बेल्जियम पहिलो खेलमा आइसल्यान्डसँग १-१ को बराबरीमा रोकिएको थियो ।

त्यस्तै समूह ‘डी’ को अर्को खेलमा इटाली भने आइसल्यान्डसँग १-१ को बराबरीमा रोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *