पावर हाउस भासिएर जुम्लामा दुई छोरासहित आमाको मृत्यु – Nepal Press

पावर हाउस भासिएर जुम्लामा दुई छोरासहित आमाको मृत्यु

सुर्खेत । जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भत्किँदा एकै घरका ३ जनाको मृत्यु भएको छ ।

गएराति करिब साढे २ बजे आयोजनाको पावर हाउसमा पानीको बहाव बढी भई पावर हाउस भासिएको हो ।

घटनामा परी ज्यान गुमाउनेमा पावर हाउसमा कार्यरत चौकीदार गोरकबहादुर रावतका ३० वर्षीया श्रीमती विमला रावत र उनका दुईछोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी इन्सपेक्टर भुवन भट्टका अनुसार पावर हाउसमा ल्याइएको ल्याइएको कुलोबाट पानी घरमा पस्दा उक्त घटना भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर