बुटवलकी सुदीक्षा मृत्यु घटनामा पूर्वप्रेमी पक्राउ – Nepal Press

बुटवलकी सुदीक्षा मृत्यु घटनामा पूर्वप्रेमी पक्राउ

रुपन्देही । ७ दिनअघि बुटवलको गोलपार्क होटेलमा मृत भेटिएकी १६ वर्षीया सुदीक्षा गुरुङको घटनाबारे अनुसन्धानका लागि प्रहरीले पूर्वप्रेमीलाई पक्राउ गरेको छ ।

असार २४ गते राति होटलमा बसेकी गुरुङ २५ गते झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । होटेलमा केही समयसँगै बसेका पूर्वप्रेमी बुटवल उपमहानगरपालिका-३ का २० वर्षीय असीम श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

शुक्रबार राति होटेलमा गएका दुवैजनामध्ये शनिबार बिहान श्रेष्ठले बिल तिरेर निस्केका थिए । लामो अनुसन्धानपछि होटेलमा सँगै बस्ने श्रेष्ठ रहेको पत्ता लगाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए । मृतकका बुबा सन्दीप गुरुङले होटेल सञ्चालक रामप्रसाद अर्याल र श्रेष्ठलाई जबर्जस्ती करणी गरी आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका छन् ।

एसइईपछि स्टाफ नर्सका पढ्ने तयारीको लागि काठमाडौं गएकी सुदीक्षा असार २३ गते बुटवल आइएकी थिइन् ।

केही समयदेखि सम्पर्कविच्छेद भएका दुई जनाबीच असार २४ मा सदीक्षाले फोन गरेपछि भेटघाटको योजना बनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अमरपथमा पसल गर्ने श्रेष्ठ होटल पुग्नुअघि सदीक्षाले दाइ आउँदै हुनहुन्छ भन्दै कोठा बुक गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *