सरकारलाई एमाले सांसदको प्रश्न- बिहे गरेर आउनासाथ नागरिकता दिने व्यवस्था कहाँ छ ? – Nepal Press

सरकारलाई एमाले सांसदको प्रश्न- बिहे गरेर आउनासाथ नागरिकता दिने व्यवस्था कहाँ छ ?

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सरकारलाई वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ? भनी प्रश्न गरेको छ ।

प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेका सांसद कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे मौन रहनुको कारण खोजेका हुन् ।

‘वैवाहिक अंगीकृत नागरिकताबारे बारे छलफल हुन नसक्ने हो ?’ सांसद पोखरेलको प्रश्न छ । उनले विवाह गरेर आउनेवित्तिकै नागरिकता दिने व्यवस्था कहाँ छ भनी प्रश्न गरे ।

‘कहाँ छ आउने वित्तिकै नागरिकता दिने ? भारतमा ७ वर्ष छ । जहाँ पनि कम्तीमा ४/५ वर्ष छ’ उनले भने । सांसद पोखरेलको आग्रह छ, ‘कति पनि हुन्न विवाह गरेर आउनेबित्तिकै नागरिकता पाउनुपर्छ भन्ने हुनु हुँदैन । यसमाथि छलफल गरौं र एउटा निष्कर्षमा पुगौं ।’

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विवाह गरेर आएको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । तर, उक्त विधेयकलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ ।

नयाँ विधेयकमाथि संसदमा छलफल सुरू भएको छ ।


प्रतिक्रिया

One thought on “सरकारलाई एमाले सांसदको प्रश्न- बिहे गरेर आउनासाथ नागरिकता दिने व्यवस्था कहाँ छ ?

  1. आफू विहे गरेका नेपाली चेलीहरूलाई ७ वर्ष नभई नागरिकता नदिने भारत यहाँ चाहिँ आफ्ना नेपाली भराैटेहरूलाई प्रयाेग गरेर आउने बितिक्कै नागरिकता दिने कानून बनाउन लगाउँदैछ । एउटा भराैटेलाई त्यसैकाे लागि भारतले अहिले बाेलाएकाे छ । यी दलालहरूबाट नेपाललाई मुक्त नगर्ने हाे भने नेपाल र नेपालीकाे अस्तित्व सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर