लेखा समितिको सभापति दाबी गर्दै एमालेले भन्यो- सभामुखको पनि ध्यान पुगेन (भिडिओ) – Nepal Press

लेखा समितिको सभापति दाबी गर्दै एमालेले भन्यो- सभामुखको पनि ध्यान पुगेन (भिडिओ)

काठमाडौं । प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभाबाटै सार्वजनिक लेखा समितिको सभापति पदमा सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सांसद रहेको भनी प्रश्न उठाएको छ ।

बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्रप्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक वर्षसम्म लेखा समितिको भापति कांग्रेसले नछाडेको भनी प्रश्न गरे ।

‘आफैँ काम गर्ने, आफैँ अनुगमन गर्ने, आफैँ परीक्षण गर्ने हो ? लोकतन्त्रमा यही हुन्छ ? यसमा सभामुखको पनि ध्यान पुगेको देखिन्न,’ उनले भने ।
सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *