श्रीलंकामा प्रदर्शनकारीले छोडे राष्ट्रपति निवास, कोलोम्बोमा कर्फ्यु आदेश – Nepal Press

श्रीलंकामा प्रदर्शनकारीले छोडे राष्ट्रपति निवास, कोलोम्बोमा कर्फ्यु आदेश

कोलम्बो । राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेर बसेका प्रदर्शनकारीहरू ती स्थानबाट निस्कने भएका छन् भने सरकार विरोधी प्रदर्शनले उघ्र रुप लिँदै गए पछि राजधानी कोलोम्बोमा कर्फ्यु आदेश जारी गरिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको राजिनामा माग गर्दै गत शनिबार देखी राष्ट्रपतीको निवासमा र हिजो देखी प्रधानमन्त्रीको कार्यलयमा कब्जा जमाइरहेका प्रदर्शनकारीहरुले दुबै स्थान खाली गरिदिएका छन् ।

समस्याको समाधान संसदबाट खोज्ने उद्देश्यले सरकारी निवास खाली गर्ने निष्कर्षमा पुगेको प्रदर्शनकारीहरुको भनाई रहेको छ । हाल राष्ट्रपती निवास र प्रधानमन्त्री कार्यलय दुबै सेनाको अधिनमा रहेको अन्तराष्टिय संचार माध्यमहरुले जनाएका छन् । तनाबग्रस्त परिस्थितीको बिचमा सभामुख महिन्दा यापा अबेवर्देनाले पनि समस्याको समाधान सदनबाटनै खोजिने प्रयास भईरहेको बताएका छन् ।

चरम आर्थिक संकटकै बीचमा देशबाट भागेर माल्दिभ्स पुगेका श्रीलंका राष्ट्रपती पुन सिगांपुरको लागि उडेका छन् । उनी अब सिगांपुरमै बस्छन् वा त्यहाँबाट पनि अन्य कुनै ठाउँमा जान्छन् भन्ने सार्वजनिक भएको छैन । बिहीवार दिउँसो साउदी एयरलाइन्सको विमानमा उनी सिगांपुर उडेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर