जनकपुरबाट एक सयभन्दा बढी सुकुम्बासी पक्राउ – Nepal Press

जनकपुरबाट एक सयभन्दा बढी सुकुम्बासी पक्राउ

जनकपुरधाम । बजार बन्द गराउने क्रममा जनकपुरधामबाट एक सयभन्दा बढी सुकुम्बासीलाई प्रहरीले पक्राउ गरेको छ ।

ग्रामीण भेगबाट आएका प्रदर्शनकारीले बजार बन्द गराउन थालेपछि प्रहरीले विभिन्न स्थानबाट १०३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये ९४ जना महिला रहेको प्रहरीले जनाएको छ ‌।

पक्राउ गरेर प्रहरीले सबैलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । बजार बन्द गर्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

भूमिहीनको नाममा नक्कली सुकुम्बासीलाई जग्गा वितरण कार्य बन्द गर्नुपर्ने, वास्तविकलाई तत्कालै जग्गा उपलब्ध गराउनुपर्ने, वनको जग्गा अतिक्रमण रोक्नुपर्ने लगायतका माग राखेर चुरे तथा वन संरक्षण अभियानले आज जनकपुरधाम बन्दको घोषणा गरेको थियो ।

अभियानका संयोजक सुनिल यादवले आफूहरूको माग पूरा गर्न सरकारले चासो नदेखाएपछि बन्दको आह्वान गरेको बताए । उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै पक्राउ गरेका सुकुम्बासीलाई रिहा गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *