श्रीलंकाका राष्ट्रपतिको माल्दिभ्सबाट सिगांपुर भाग्ने प्रयास असफल – Nepal Press

श्रीलंकाका राष्ट्रपतिको माल्दिभ्सबाट सिगांपुर भाग्ने प्रयास असफल

काठमाडौं । मंगलबार राति परिवारसहित देश छोडेर माल्दिभ्स पुगेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको सिगांपुर भाग्ने प्रयास असफल भएको छ ।

अन्तर्राष्टिय संचार माध्यमहरुले जानाकारी गराए अनुसार गोटाबायाले माल्दिभ्स सरकारसँग सिगांपुर जानका निमित्त निजी विमानको माग गरेका थिए।

गोटाबाया बुधबार राती माल्दिभ्सको बेलाना विमानस्थलमा सिगांपुर जानका निमित्त पुगेको पनि जनाइएको छ यधप्पी मल्दिभ्समा बस्दै आएका श्रीलंकाली जनताहरुले विमानस्थल अगाडी प्रदर्शन गरे पछि गोटाबायाको प्रयास असफल भएको हो ।

प्रदर्शनकारीहरुले गोटाबायालाई श्रीलंका फिर्ता गर्नु पर्ने माग राख्दै प्रदर्शन गरेका थिए । हाल गोटाबायाका भाई बासिल राजापाक्षे पनि देशबाट भागेर अमेरिका पुगेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर