बागमती प्रदेशसभाले गर्‍यो पाँच वटा अध्यादेश पारित – Nepal Press

बागमती प्रदेशसभाले गर्‍यो पाँच वटा अध्यादेश पारित

हेटौँडा । बागमती प्रदेशसभा बैठकले पाँच वटा अध्यादेश पारित गरिएको छ । आज बसेको प्रदेशसभा बैठबले सरकारले जारी गरेको पाँच वटा अध्यादेश पारित गरिएको हो । बैठकले ४ वटा अध्यादेश सर्वसम्मतले पारित गरेको छ भने एउटा अध्यादेश बहुमतले पारित गरेको छ ।

बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित गरेको हो ।

यसै गरी, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘प्रदेश युवा परिषद् ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनालले, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, युवा तथा खेलकुद मन्त्री श्री रत्न प्रसाद ढकालका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले ‘प्रदेश युवा परिषद् ऐन, २०७६’ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर