रुपन्देहीमा डुबेर तीन बालबालिकाको मृत्यु – Nepal Press

रुपन्देहीमा डुबेर तीन बालबालिकाको मृत्यु

रुपन्देही । रुपन्देही जिल्लामा मंगलबार मात्रै तीनजना बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।

रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको डुबेर मृत्यु भएको हो ।

उनीहरू खेल्ने क्रममा घरबाट १५० मिटर टाढा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

त्यस्तै रुपन्देहीकै समरीमाई गाउँपालिका-५ दुबेथुमिवा बस्ने रोहित चाईकी छोरी ३ वर्षीया सिर्जना चाई तिनाउ नदीमा मृत अवस्थामा भेटिएकी छन् । प्रहरीका अनुसार बुबाआमा खेतमा गएको बेला उनको नदीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर