संसद बैठक : नागरिकता विधेयकमा आपत्ति जनाउँदै कसले के भने ? – Nepal Press

संसद बैठक : नागरिकता विधेयकमा आपत्ति जनाउँदै कसले के भने ?

काठमाडौं । सरकारले नागरिकतासम्बन्धी नयाँ विधेयक आजको प्रतिनिधिसभा बैठकमा पेस गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पेस गर्नुअघि नेकपा एमालेका सांसद भीमबहादुर रावल, शेरबहादुर तामाङ र नेमकिपाका सांसद प्रेम सुवालले विरोधका सूचना प्रस्तुत गरे ।

सो क्रममा रावलले नागरिकतासम्बन्धी पछिल्लो विधेयकले विदेशीलाई ढोका खोल्न लागेको भन्दै आपत्ति जनाए । यसअघिको विधेयकमाथि लामो समय छलफल भइसकेको अवस्थामा पहिलेको विधयेक फिर्ता लिएर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु उचित नभएको उनको टिप्पणी थियो । एमालेकै सांसद शेरबहादुर तामाङले नयाँ विधेयकमा भएका केही विषयमा आपत्ति जनाए ।

त्यस्तै नेमकिपाका सांसद सुवालले राष्ट्रिय हितविपरीत नागरिकता विधेयकलाई अघि बढाउन बताए । बैठकले तीनैजना सांसदको विरोधको सूचना अस्वीकृत गरेको थियो ।

बैठकमा विधेयकमाथि जानकारी दिँदै गृहमन्त्री खाणले संविधानको प्रावधानअनुसार नै नागरिकता ऐन संशोधन विधेयक आएको जिकिर गरे ।
‘यसअघिको विधेयकमाथि सहमति जुटेका विषयलाई समावेश गर्दै नागरिकताविहीनहरूको समस्या समाधान गर्न विधेयक ल्याइएको हो । त्यो विधेयकलाई नै सहमति गर्ने प्रयास भएपनि त्यसो हुन नसकेकाले फिर्ता गर्नुपर्‍यो’, मन्त्री खाणले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर