उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक – Nepal Press

उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।

३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनअनुसार संघीय संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो ।

उपसभामुखको निर्वाचनका लागि बिहीबार मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । मनोनयन दर्ता गर्न बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ ।

३१ असारमा बस्ने बैठकबाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा दिए पछि झण्डै २ वर्षदेखि उपसभामुख खाली छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर