वीरगञ्जबाट २० लाख नगदसहित २ जना पक्राउ – Nepal Press

वीरगञ्जबाट २० लाख नगदसहित २ जना पक्राउ

काठमाडौं । पर्साको वीरगञ्जबाट मंगलबार राति स्रोत नखुलेको २० लाख रूपैयाँसहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मोतिहारीका २८ संजितकुमार र २८ वर्षीय अनुराज मिश्र छन् ।

बीआरओएसयू ३५०० नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई जाँच गर्दा रकम बरामद भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर