दाङमा सर्पले डसेर महिलाको मृत्यु – Nepal Press

दाङमा सर्पले डसेर महिलाको मृत्यु

रूपन्देही । दाङमा सर्पको डसाईबाट एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी भएका छन् ।

राप्ती गाउँपालिका वडा नं २ लालमटिया बस्ने ६८ वर्षीया सुमित्रा कुमालको सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मंगलबार आफ्नै बारीमा उनलाई सर्पले डसेको थियो । त्यसैगरी घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदिप बुढामगर पनि सर्पको डसाईबाट बिरामी भएका छन् ।

मगरलाई दिउँसो ३ बजे बाटोमा हिंड्ने क्रममा सर्पले डसेको प्रहरीले बताएको छ । मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर