दुई बालिकाको डुबेर मृत्यु – Nepal Press

दुई बालिकाको डुबेर मृत्यु

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा आज पोखरीमा डुबेर एकै गाउँका दुई जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ बस्ने शुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात÷आठ जना बालिकाहरू मिलेर सोही ठाउँका दीपक चौधरीको पोखरीमा आज नुहाउन गएका थिए ।

सोही क्रममा रजनी र सेन्द्री पानीमा डुबेको स्थानीयवासीले जनाएको छ ।

सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा मृत्यु भएको छ भने रजनीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *