लुम्बिनी प्रदेश सरकारले गर्‍यो ५ पत्रकारलाई पुरस्कृत – Nepal Press

लुम्बिनी प्रदेश सरकारले गर्‍यो ५ पत्रकारलाई पुरस्कृत

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले विभिन्न विद्यामा रुपन्देहीका ३ सहित लुम्बिनीका ५ जना पत्रकार पुरस्कृत गरेको छ ।

प्रदेश सरकारले प्रदान गर्ने अग्रज पत्रकारिता पुरस्कारबाट मरणोपरान्त बिन्दुकुमार चौहान (रुपन्देही), अग्रज पत्रकार खिमानन्द भट्टराई (रुपन्देही), सृजनशील पत्रकारिता पुरस्कारबाट सन्जु पौडेल (रुपन्देही), डिलाराम भुसाल (कपिलवस्तु), प्रेम बिक (बर्दिया) सम्मानित भएका हुन् ।

लुम्बिनी प्रदेश अग्रज पत्रकार सम्मान पुरस्कार मरणोपरान्त बिन्दु चौहान र रुपन्देहीका अग्रज पत्रकार खिमानन्द भट्टराईलाई संयुक्त रूपमा सम्मान गरिएको हो ।

उनीहरूलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा र कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले संयुक्त रूपमा सम्मान गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले १ लाख राशिको लुम्बिनी प्रदेश अग्रज पत्रकार सम्मान १ जनालाई र ५० हजार राशिको लुम्बिनी प्रदेश सृजनशील पत्रकारिता पुरस्कारबाट ३ जना पत्रकारलाई सम्मान गर्ने यसअघि नै निर्णय गरिसकेको थियो । जस अन्तर्गत लुम्बिनी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री केसीले सञ्चार क्षेत्र सरकार र जनताको बीचमा पुलको काम गर्ने बलियो संस्था भएकाले सञ्चार क्षेत्रलाई सधै मर्यादित बनाउनुपर्ने बताए ।

सञ्चार माध्यम र सञ्चारकर्मीहरूले समाज परिवर्तनमा ठूलो योगदान गरेको स्मरण गराउँदै आगामी दिनमा पनि समाज परिवर्तनमा योगदान दिन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *