२४ घण्टामा थप १७७ जनामा कोरोना पुष्टि – Nepal Press

२४ घण्टामा थप १७७ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ५ पीसीआर परीक्षणका क्रममा १ सय ४४ जना र १ हजार ३ सय २१ एन्टीजेन परिक्षणका क्रममा ३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार मृत्यु भने भएको छैन । थप ४१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ७ सय ६५ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार ८ सय ७३ सक्रिय संक्रमित आइसोलेनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर