शेयर बजारमा सुधार – Nepal Press

शेयर बजारमा सुधार

काठमाडौं । शेयर बजारमा आज सुधार देखिएको छ । ११.६८ अंकले शेयर बजार वृद्धि हुँदा नेप्से परिसूचक १९२७.२८ अंकमा पुगेको छ ।

एक अर्ब ७० करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । २२६ वटा कम्पनीका ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर आज कारोबार भएको हो ।

सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य आज सबैभन्दा धेरै वृद्धि भएको छ । सो कम्पनीको आज ९.३५ प्रतिशत सेयर मूल्यवृद्धि भएको हो ।

सबैभन्दा धेरै मूल्य बराबरको सेयर कारोबार अरुण काबेली पावर लिमिटेडको भएको छ । सो कम्पनीको ७ करोड ९५ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर