प्रतिपक्षी दल उपस्थित नभएपछि प्रदेश सभा बैठक स्थगित, बजेट माथिको छलफल अझै अनिश्चित – Nepal Press

प्रतिपक्षी दल उपस्थित नभएपछि प्रदेश सभा बैठक स्थगित, बजेट माथिको छलफल अझै अनिश्चित

कैलाली । प्रतिपक्षी दल उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बसेको बैठकमा गणपूरक संख्या नपुगेपछि अहिले ३ बजेका लागि बोलाइएको थियो ।

३ बजेको बैठकमा एमाले जसपा र लोसपाका प्रदेश सभा सदस्य नआएपछि बैठक भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरिएको सभामुख अर्जुन बहादुर थापाले जानकारी गराए ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेट माथिको छलफल अझै हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा सत्ता पक्ष र विपक्षमा प्रदेश सभा सदस्यहरू सरकारले ल्याएको बजेटबाट रुष्ट छन् ।

उनीहरूले सरकारले बजेट संशोधन नगर्दा सम्म बैठकमा छलफल सुरु नगर्ने बताउँदै आइरहेका छन् । सरकार भने बजेट संशोधन गर्न अनिच्छुक देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर