पश्चिमा मुलुकको दोहोरो चरित्र, आफ्नो स्वार्थ अनुकूल रुसमा प्रतिबन्ध – Nepal Press

पश्चिमा मुलुकको दोहोरो चरित्र, आफ्नो स्वार्थ अनुकूल रुसमा प्रतिबन्ध

काठमाडौं । रुसले हालैमात्र युरोपको लागि सबैभन्दा ठूलो इन्धन सप्लाई ‘नोर्ड एक’ बन्द गरेसँगै यसले युरोपियन देशहरु र त्यसमा पनि विशेषगरी जर्मनीमा आर्थिक संकट नै सिर्जना हुनसक्ने देखिएको छ ।

सन् २०११ देखि सञ्चालनमा आएको उक्त सप्लाई मार्ग रसिया हुँदै जर्मनीसम्म आएको छ । हजार किमिभन्दा लामो यस इन्धन सप्लाई मार्ग विश्वकै सबैभन्दा ठूलो हो । जसमार्फत वर्षेनी ५५ बिलियन क्युबिक मिटर इन्धन प्रदान हुने गर्छ । यस अर्थमा ‘नोर्ड एक’ लाई युरोपको लाइफलाइनको रुपमा लिने गरिन्छ ।

रुसले हिजोदेखि उक्त सप्लाई मार्ग बन्द गरेसँगै जर्मनीमा आर्थिक संकट आउनसक्ने भय देखापरेको हो । यसो त रुसले हरेक वर्ष मर्मतको लागि भनेर केही समयको लागि यो सप्लाई मार्ग बन्द गर्दै आएको छ । यस वर्ष पनि मर्मतकै लागि उक्त मार्ग बन्द गरिएको जनाएको छ । जुलाई २१ मा उक्त मार्ग पुनः सञ्चालनमा आउने रुसको भनाइ छ ।

यद्यपि जारी रुस–युक्रेन युद्धमा जर्मनीले युक्रेनको पक्षधरता देखाएको कारण रुसले यो वर्ष उक्त सप्लाई मार्ग पुनः सञ्चालनमा नल्याउन सक्ने जर्मनीको चिन्ता छ । वास्तवमा नै रुसले यो वर्ष ‘नोर्ड एक’ लाई सञ्चालनमा ल्याएन भने जर्मनीमा अर्थिक संकट हुने लगभग पक्कापक्की नै हुन्छ । रुसले उक्त्र सप्लाई मार्ग बन्द नगर्ने नै घोषणा गरेको छ ।

तर, रुसले उक्त सप्लाई चेन बन्द नगराउन पश्चिमी देशहरुले रुसमाथि लगाएको प्रतिबन्धात्मक परिस्थितिलाई बाध्य भई आफैं नै तोड्नपर्ने हुन्छ किनक िरुसले उक्त सप्लाई मार्गमा प्रयोग हुने एक टरबाइन मर्मतको लागि क्यानडा पठाएको छ ।

यदि क्यानडाले उक्त टरबाइन मर्मत गरेर रुसलाई दियो भने पश्चिमा देशले रुसमाथि लगाएको प्रतिबन्धको विरुद्धमा त्यो कार्य सम्पन्न भएको मान्नुपर्ने हुन्छ । यदि दिएन भने रुसले नोर्ड एकलाई बन्द गर्ने एउटा राम्रो बहाना भेट्नेछ ।

उक्त टरबाइन मर्मत गरेर फिर्ता गर्न यता क्यानडाले केही समयका लागि उक्त प्रतिबन्धात्मक परिस्थिति हटाइने घोषणा नै गरेको छ भने क्यानडाको उक्त निर्णयलाई अमेरिकाले समेत समर्थन जनाएको छ ।

क्यानडाको उक्त निर्णयलाई युक्रेनले भने खण्डन गरेको छ । टरबाइन मर्मत गरेर रुस पठाउनाले युरोपमा इन्धन सुरक्षाको प्रत्याभूति हुने अमेरिकाको भनाइ रहेको छ । यद्यपि क्यानडाको केही समयको लागि प्रतिबन्धात्मक परिस्थितिलाई खारेज गर्ने निर्णय र अमेरिकाले यसमा जनाएको समर्थनले भने पश्चिमा मुलुकको दोहोरो चरित्रलाई भने छर्लङ्ग बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर