टिपर भित्र जबरजस्ती करणी गरी फरार भएका टिपर चालक पक्राउ – Nepal Press

टिपर भित्र जबरजस्ती करणी गरी फरार भएका टिपर चालक पक्राउ

काठमाडौं । टिपरभित्र जबरजस्ती करणी गरी फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको छ । असार २४ गते राती थानकोटमा रहेको नेपाल आयल निगमको डिपो जाने बाटो छेउमा पार्किङ गरेको टिपरमा गोशालामा काम गर्दै कलेज पढ्ने बालिकालाई जबरजस्ती करणी गर्ने चालकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दोलखा गौरीशंकर ८ का चालक ३२ वर्षीय ज्ञान बहादुर नेपाली रहेका छन् ।

दोलखा बाट काठमाडौं आएको रा १ ख २७३४ नम्बरको टिपर गाडीमा वर्ष १७ की बालिकालाई उनले करणी गरेका हुन् ।

पीडित बालिकालाई गाडीमा तेल सकियो तेल हाल्न जाऊ गौशालामा पुर्‍याइदिन्छु भन्ने बहाना बनाएर डिपो जाने बाटोको छेउमा पार्किङ गरी गाडीको करणी गरेको प्रहरीले जनाएको छ । उनले सहचालकलाई गाडीको टायर चेक गर्नु भनी पठाएका थिए ।

पक्राउ परेका नेपालीलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी मुलुकी फौजदारी संहिता २०७४ को करणी सम्बन्धी कसुर अन्तरगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर