सुदूरपश्चिम प्रदेशसभा बैठक प्रतिपक्षी दलद्वारा बहिस्कार, बजेट माथिको छलफल अनिश्चित – Nepal Press

सुदूरपश्चिम प्रदेशसभा बैठक प्रतिपक्षी दलद्वारा बहिस्कार, बजेट माथिको छलफल अनिश्चित

कैलाली । प्रतिपक्षी दलका प्रदेश सभा सदस्य नभएपछि प्रदेश सभाको बैठक पुन स्थगित भएको ।

पाँचौँ लगत लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो । तर, बैठक एमाले, जसपा र राजपाले बहिस्कार गरेपछि बस्न सकेन। सत्ता पक्षमा सांसद पनि निकै न्यून उपस्थित थिए ।

प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख अर्जुन बहादुर थापाले भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरेका हुन् ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेट माथि अझै सम्म छलफल सुरु हुन सकेको छैन ।

सत्ता पक्ष र विपक्षका प्रदेश सभा सदस्यहरूले बजेट परिष्कृत नहुँदा सम्म पारित गर्न नसकिने बताउँदै आएका थिए । तर, सरकारले बजेट पारित गर्न दबाब दिइरहेका छन् ।

साउन १ अघि नै बजेट पारित गर्नु पर्ने संवैधानिक व्यवस्था छ । तर, सुदूरपश्चिममा सत्ता पक्ष र विपक्ष दुबै आफ्नो अडानमा यथावत् छन् । अब पाँच दिन मात्र बाँकी छ । यस्तो बेला बजेट परिस्कृत गर्ने, दलको बैठक ह्वीप जारी गर्ने र संसद् स्थगित गरेर अध्यादेश ल्याउने यी विकल्प छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर