अर्थ समितिले भन्यो- लगानीकर्ताको खर्बौं डुबेको छ, ४-१२ को सीमा खारेज गरौं – Nepal Press

अर्थ समितिले भन्यो- लगानीकर्ताको खर्बौं डुबेको छ, ४-१२ को सीमा खारेज गरौं

काठमाडौं । संसदको अर्थ समितिले सेयर कर्जाको ४/१२ को सीमा खारेज गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

आगामी मौद्रिक नीतिबारे समितिको बैठकमा यस सीमाका कारण लाखौं लगानीकर्ताको खर्बौं रकम डुबेको भन्दै यस्तो निर्देशन दिएको हो ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले भने, ‘सेयर बजारमा लगानी गरेका लाखौं लगानीकर्ताको खर्बौं रकम डुबेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयर कर्जाको ४/१२ नीति खारेज गर्दा के हुन्छ ? विचार गर्नुपर्ने अवस्था आएको छ ।’

यो सीमाले नै धेरै लगानीकर्ताहरूले आफू डुबेको बताउने गरेकाले नीति खारेजसम्बन्धी विचार गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सभापति दाहालले निर्देशन दिएका हुन् ।


प्रतिक्रिया

One thought on “अर्थ समितिले भन्यो- लगानीकर्ताको खर्बौं डुबेको छ, ४-१२ को सीमा खारेज गरौं

  1. विना अध्ययनका साँसदले जे भन्याे त्यहि मान्नु पर्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर