शेखर पक्षको प्रदर्शन रोक्न सानेपामा कडा सुरक्षा, चक्रपथदेखि कांग्रेस कार्यालयसम्म उभिन निषेध (तस्बिरहरू) – Nepal Press

शेखर पक्षको प्रदर्शन रोक्न सानेपामा कडा सुरक्षा, चक्रपथदेखि कांग्रेस कार्यालयसम्म उभिन निषेध (तस्बिरहरू)

बाहिर निकालिएपछि कार्यकर्ताको आक्रोश- यो त किम जोङ प्रवृत्ति भयो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकको पूर्वसन्ध्यामा केन्द्रीय कार्यलय क्षेत्रमा कुनै प्रदर्शन हुन नदिन सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

भ्रातृ संगठनहरूमा भएको मनोनयन र विधानबमोजिम काम नभएको भन्दै शेखर कोइराला पक्षधरले गर्न लागेको प्रदर्शन रोक्न सरकारले सुरक्षाकर्मीलाई ठूलो संख्यामा परिचालन गरेको छ ।

नेपाल प्रेसकर्मी उमेश कार्कीका अनुसार मिडियाकर्मीलाई समेत सो क्षेत्रमा उभिन दिइएको छैन । सानेपास्थित केन्द्रीय कार्यालय प्रवेश गर्नेस्थलमा कसैलाई पनि उभिन दिइएको छैन भने समूह बनाएर हिँड्न समेत रोकिएको छ ।

केन्द्रीय सदस्यबाहेक कार्यकर्ता र भित्र छिरेका समर्थकहरूलाई पनि बाहिर निकालिएको छ, एक महिला कार्यकर्ताले आफ्नै पार्टी कार्यालय छिर्न नपाउँनु किम जोङ उनको जस्तो तानाशाही शैली भएको टिप्पणी गरेकी छन् ।

चक्रपथदेखि केन्द्रीय कार्यालयको प्रवेशद्वारसम्मै कसैलाई होल्ड हुन दिइएको छैन । कांग्रेस बैठक अपरान्ह १ बजेबाट बस्दैछ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर