जित कसरी ‘सेलिब्रेट’ गर्ने थाहै नपाई ग्रान्डस्लाम च्याम्पियन बनेकी रेवाकिना – Nepal Press

जित कसरी ‘सेलिब्रेट’ गर्ने थाहै नपाई ग्रान्डस्लाम च्याम्पियन बनेकी रेवाकिना

काठमाडौं । विम्बल्डनकी नयाँ च्याम्पियन इलिना रेवाकिनाले जित कसरी ‘सेलिब्रट’ गर्ने बारे थाहा नपाएको बताएकी छिन् ।

शनिवार भएको विम्बल्डन फाइनलमा ओन्स जाबरलाई ३–६, ६–२, ६–२ को सेटमा पराजित गर्दै रेवाकिनाले इतिहास रचिन् । उनी काजकिस्तानका लागि ग्रान्डस्लाम सिंगल्सको उपाधि जित्ने पहिलो व्यक्ति बनिन् ।

२३ वर्षीय रेवाकिनाले च्याम्पियन बन्दा पनि समर्थकहरू अगाडी आफ्नो दायाँ हात हल्लाउँदै र्‍याकेट उठाएकी थिइन् ।

विम्बल्डन फाइनलमा रेवाकिनाकी प्रतिद्वन्द्वी जाबरले पछि व्यङ्ग्य गर्दै नयाँ च्याम्पियनलाई कसरी राम्रोसँग ‘सेलिब्रेट’ गर्ने भन्नेबारे सिकाउनु पर्ने बताइन् ।

सुरुवात देखिनै उपाधि दाबेदारको रूपमा प्रस्तुत भएकी रेवाकिनाले फाइनलमा जाबरविरुद्ध रोमाञ्चक जित निकाल्दै च्याम्पियन बनिन् ।

‘सायद कुनै दिन तपाईँहरूले म बाट ठूलो प्रतिक्रिया देख्नुहुनेछ, तर आज होइन, मलाई के गर्ने थाहा थिएन । स्तब्ध भएकी थिए । धेरै भावनाहरू उथलपुथल भएका थिए । म आफूलाई शान्त राख्न खोज्दै थिए,’ उनले भनिन् ।

उनी खेल पछिको पत्रकार सम्मेलनमा हर्षका आँसु झारिरहेकी थिइन् । अनि भन्दै थिइन्, ‘म जब कोर्टमा बोल्दै थिए मलाई म यही रुन्छु जस्तो भएको थियो । जसोतसो मैले आफूलाई सम्हाले । त्यहाँ सोचे पछि जब म कोठामा एक्लै हुन्छु डाँको छोडेर रुन्छु ।’

सानो छँदा रेवाकिना जिन्म्यास्ट र आइस स्केटर थिइन् । पछि उनलाई उनका बुबाले टेनिस खेल्न प्रेरित गर्ने गर्थे ।

स्कुल सकिएपछि रेवाकिनाको जीवनले फरक मोड लियो । रेवाकिनालाई अमेरिकाको विभिन्न कलेजबाट उच्च शिक्षाका लागि प्रस्ताव आएको थियो । आर्थिक रूपमा सम्पन्न नभएकाले रेवाकिनाका बुबा उनलाई अमेरिका पठाउन तयार थिएनन् ।

यद्यपि काजकिस्तान टेनिस संघले उनलाई आर्थिक रूपमा सहयोग गर्ने निर्णय लियो । त्यसपछि उनी सन् १०१८ पछि काजकिस्तानको प्रतिनिधित्व गरेर खलिरहेक छिन् ।

गत वर्ष उनी फ्रेन्च ओपनमा सेरेना विलियम्सलाई चौथो चरणमा पराजित गर्दै क्वार्टर फाइनल पुगेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर