जोहानेसबर्गमा बारभित्र अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १४ जनाको मृत्यु – Nepal Press

जोहानेसबर्गमा बारभित्र अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १४ जनाको मृत्यु

जोहानेबर्ग । दक्षिण अफ्रिकाको जोहानेबर्गस्थित एक बारमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

सोवेतोस्थित बारमा बन्दुकदारी प्रवेश गरेर आक्रमण सुरु गरेका थिए । युवाहरूलाई लक्षित गर्दै गोली प्रहार भएको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

आक्रमणको कारणबारे अझै पत्ता लाग्न सकेको छैन । गोली लागेर ९ जना गम्भीर घाइते भएका छन् ।

पीडितहरू अधिकांश १९ देखि ३५ वर्ष उमेर समूहका छन् । दक्षिण अफ्रिकाकै क्वाजुलु-नाटाल प्रान्तमा पनि बारमा अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा गोली प्रहारका घटनाहरू निकै कम मात्रामा हुने गरेकाले यसलाई संवेदनशील रूपमा स्थानीय सुरक्षा अधिकारीहरूले हेरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर