मधेस प्रदेश : प्रतिपक्षको बहिष्कारबीच दुई विधेयक पारित – Nepal Press

मधेस प्रदेश : प्रतिपक्षको बहिष्कारबीच दुई विधेयक पारित

जनकपुरधाम । मधेस प्रदेशसभा बैठक प्रतिपक्षमा रहेका दुई दलका सांसदहरूले बहिष्कार गरेपनि सत्ता पक्षले बहुमतको आडमा दुई विधेयक पारित गरेको छ ।

जापानका प्रधानमन्त्री सिञ्जो आबेको निधनमा राष्ट्रिय शोक मनाउने संघीय सरकारको घोषणा अनुसार शोक प्रस्ताव पारित गरिनुपर्ने माग गरिएको थियो । मागविपरीत बैठक अघि बढाउन खोजिएको भन्दै लोकतान्त्रिक समाजवादी (लोसपा) र नेकपा एमालेका सांसदहरूले बैठक बहिष्कार गरे । उनीहरू बैठक छाडेर निस्किँदा पनि सभामुखले बैठकलाई निरन्तरता दिए ।

सो बैठकले आर्थिक विनियोजन विधेयक र प्रदेशसभा सचिवालय कार्य सञ्चालनसम्बन्धी विधेयक पारित गरेको छ । प्रतिपक्षी दलका सांसदहरूको बहिष्कारका बाबजुद विधेयक पारित भएको यो पहिलो पटक हो । यसअघि प्रतिपक्षी दलले बहिष्कार वा उठेर विरोध गर्दा बैठक स्थिगत गर्ने चलन थियो ।

जसपाका लालबाबु राउत नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर