चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौं आइपुगे – Nepal Press

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौं आइपुगे

काठमाडौं । चारदिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार बिहान काठमाडौं आइपुगेका छन् । आठ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै उनी काठमाडौं आएका हुन् ।

नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा स्वागत गरिँदै । तस्बिर : रासस

परराष्ट्र मन्त्रालयका अनुसार उनले आज बेलुकी पराष्ट्रमन्त्री खड्का र साँझ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् ।

केही दिनअघि लिउले ओली र प्रचण्डसँग भिडियोमार्फत कुराकानी गरेका थिए । उनले परराष्ट्रमन्त्री डा. खड्कासँग पनि भिडियो संवाद गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर