गेटा मेडिकल कलेज सञ्चालनप्रति सरकार गैर जिम्मेवार : एमाले – Nepal Press

गेटा मेडिकल कलेज सञ्चालनप्रति सरकार गैर जिम्मेवार : एमाले

कैलाली । नेकपा एमालेले निर्माणको अन्तिम चरणमा पुगेर पनि सञ्चालन अनिश्चित बनेको गेटा मेडिकल कलेजका विषयमा सरकार गम्भीर नबनेको ठहर गरेको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्म पाठकद्वारा हस्ताक्षरित एक विज्ञप्तिमार्फत संरचना तयार गरेर पनि सञ्चालनमा जोड नदिनु सरकारको गैर जिम्मेवारपूर्ण काम भएको टिप्पणी गरिएको छ ।

गेटा मेडिकल कलेजका लागि हालसम्म साढे तीन अर्ब रूपैयाँ खर्च भइसकेको छ। तर, ‘मोडालिटी’ बारे अन्योलता छ । यसक्रममा आज संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको संसदीय टोलीले निरीक्षण गर्दैछ ।

यही सन्दर्भमा एमालेले आफ्नो धारणा सार्वजनिक गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर