महिला यूरो २०२२ : समूह ‘सी’ का दुवै खेल बराबरी – Nepal Press

महिला यूरो २०२२ : समूह ‘सी’ का दुवै खेल बराबरी

काठमाडौं । महिला यूरो २०२२ अन्तर्गत समूह ‘सी’ मा नेदरल्यान्ड्स, स्वीड्न, पोर्चुगल र स्विट्जरल्यान्डले बराबरी खेलेका छन् । शनिबार राति ब्रामल्ल लेनमा भएको खेलमा नेदरल्यान्डस्ले स्वीडेनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

जोन्ना एन्डरसनले खेलको ३५औं मिनेटमा गोल गर्दै स्विडेनलाई सुरुवाती अग्रता दिलाएपनि अग्रता जोगाउन नसक्दा स्वीडेनले अंक बाँडेको हो ।
जिल रोर्र्डले ५२औं मिनेटमा नेदरल्यान्ड्सका लागि बराबरी गोल फर्काएकी थिइन् ।

यस्तै, पोर्चुगल र स्वीट्जरल्यान्डले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

खेलको दोस्रो मिनेटमा कोउम्बा सोको गोलमा स्विट्जरल्यान्डले सुरुवाति अग्रता लिएको थियो । त्यसको तीन मिनेट नबित्दै राहेल किविकले गोल गर्दै स्वीट्जरल्यान्डको अग्रता दोब्बर पारेकी थिइन् ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको स्विट्जरल्यान्डले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन ।

डियाना गोमेसले ५८औं मिनेटमा पोर्चुगलका लागि पहिलो गोल फर्काएकी थिइन् । जेसिका सिल्भाले ६५औं मिनेटमा बराबरी गोल फर्काएसँगै पोर्चुगल र स्विट्जरल्यान्डले पनि अंक बाँडेका हुन् ।

बराबीसँगै चारवटै टिमले एक-एक अंक जोडेका छन् ।

आइतबार राति समूह ‘डी’ अन्तर्गत दुई खेलहरू हुनेछन् । पहिलो खेलमा बेल्जियम र आइसल्यान्ड भिड्दैछन् भने दोस्रो खेलमा फ्रान्स र इटाली प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर